काठमाडौं । साताको सुरुवाती कारोबार दिन आज नेप्से परिसूचक घटेको छ ।
आज ११.०६ अङ्कले घटेर नेप्से सूचक दुई हजार ६२९ दशमलव ८९ विन्दु कायम भएको छ ।
आजको बजारमा ३१३ वटा कम्पनीको एक करोड ९९ लाख ९२ हजार ८१ कित्ता शेयर ८६ हजार ६३६ पटक कारोबार हुँदा कुल नौ अर्ब १३ करोड ७४ लाख १४ हजार रुपैयाँको कारोबार भएको छ ।
यो कारोबार रकम अघिल्लो कारोबार दिन गत बिहीबारको भन्दा बढेको हो ।
बिहीबार ३११ वटा कम्पनीको एक करोड ७१ लाख आठ हवार ८०९ कित्ता शेयर ७७ हजार ६७० पटक खरिद बिक्री हुँदा सात अर्ब ९७ करोड आठ लाख ८६ हजार रुपैयाँको कारोबार भएको थियो ।
आज नेप्सेसहित सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.४१ देखि ०.४६ प्रतिशतसम्मले घटेका छन् ।
त्यस्तै, १३ वटा उपसूचकमध्ये होटेल तथा पर्यटन र हाइड्रोपावरबाहेक अरु सबै घटेका छन् । यस दिन होटेल तथा पर्यटन ०.१२ र हाइड्रोपावर १.२२ प्रतिशतले बढेका छन् ।
नेप्सेको निरन्तर गिरावटले लगानीकर्ता तनावमा छन् । राम्रो बजेट आएको र त्यसले शेयरबजार बढाउँछ भनेर गरिएको अनुमान गलत सावित हुँदा उनीहरू तनावमा परेका हुन् ।
FACEBOOK COMMENTS