काठमाडौं । नेप्से परिसूचकमा आज सामान्य घटेको छ ।
आज नेप्से ० दशमलव २२ अंकले घटेर २६०० दशमलव ५३ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१६ कम्पनीका एक करोड ३८ लाख १८ हजार ५५९ कित्ता शेयर ५ अर्ब ७६ करोड ७८ लाख ९५ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज ओम मेघश्री फर्माको सेयर मुल्य सबैभन्दा बढी ८ दशमलव ०१ प्रतिशतले बढेको छ भने हिमालयन पावरको ७ दशमलव ८७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज एनआइएसी एशिया डिभेन्चरको सबैभन्दा बढी ५ दशमलव १७ प्रतिशतले घटेको छ दोर्दी खोला जल विद्युतको ४ दशमलव ३२ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार वुटवल पावरको शेयर २७ करोड ६५ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS