काठमाडौं । नेप्से परिसूचकमा आजपनि वृद्धि भएको छ ।
आज नेप्से ९ दशमलव १९ अंकले बढेर २६३१ दशमलव ४८ विन्दुमा कायम भएको छ ।
आजको कारोबारमा विभिन्न ३१८ कम्पनीका एक करोड ४१ लाख ७२ हजार ५३५ कित्ता शेयर ६ अर्ब ३८ करोड ७२ लाख ७ हजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज राप्ति हाइड्रोको सेयर मुल्य सबैभन्दा बढी ९ दशमलव ९७ प्रतिशतले बढेको छ भने धवलागिरी लघुवित्तको शेयर ९ दशमलव ८० प्रतिशतले र वीन नेपाल लघुवित्तको शेयर मुल्य ९ दशमलव १६ प्रतिशतले बढेको छ ।
त्यस्तै आज पन्चकन्या माई हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ४ दशमलव ९२ प्रतिशतले घटेको छ ग्रीन डेभलपमेन्ट बैंकको शेयर मुल्य ४ दशमलव ६५ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार साहस उर्जाको शेयर ३६ करोड ५३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS