काठमाडौँ– आज नेप्से सूचकप्रि ओपन सेसनमा २ दशमलव २६ अंकले बढेको छ । यससँगै सूचक १९४४ दशमलव ०३ विन्दुमा आएको छ । १७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २१ कम्पनीको ५४ सय ८५ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३३ वटा कारोबार भएको हो । ११ कम्पनीको भाउ बढ्दा ४ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि परिवर्तन भएको छैन ।
FACEBOOK COMMENTS