काठमाडौं । सरकारले धितोपत्र नियामक संस्था नेप्से र क्लियरिङ प्रणालीलाई पुन: संरचना गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममार्फत सरकारले यस्तो घोषणा गरेको हो ।
‘धितोपत्र नियमन नेप्से तथा क्लियरिङ प्रणालीको पुन: संरचना गर्दै संस्थागत लगानीकर्ता, पेन्सन कोष, बीमा, म्युचुअल फण्ड र गैर आवासीको सहभागिता विस्तार गरिने छ,’ राष्ट्रपति रामचन्द्र पौडेलले भने ।
यस्तै, पुँजी बजारलाई सुरक्षित, प्रतिस्पर्धी र अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास गरिने पनि सरकारले बताएको छ ।
राष्ट्रपतिद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै (प्रत्यक्ष)
