आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५३ दशमलव ०३ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सेयर बजार आज २ लशमलव ८४ प्रतिशतले बढेर १९१९ दशमलव ३७ विन्दुमा बन्द भएको छ ।
सो क्रममा ४५ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमा सबैभन्दा बढी शिवम् सिमेन्टको १५ करोड ८१ करोडको सेयर किनबेच भएको छ ।
यस्तै, आज एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने ४ कम्पनीको सेयर सकारात्मक लेभलमा कारोबार भएको छ । सकारात्मक सर्किट लाग्ने कम्पनी आइिजिआई इन्स्योरेन्स रहेको छ । आज आइजिआईको सेयर मूल्य ३७ दशमलव ०८ रुपैयाँले वृद्धि भएको छ ।
FACEBOOK COMMENTS