काडमाडाैं । नेप्से कर्मचारी संघले सीइओ कृष्णबहादुर कार्कीले अनाधिकृत व्यक्तिलाई कार्यालयमा प्रवेश गराएर दैनिक कार्य सम्पादन गरेको आरोप लागेसँगै छानबिन गर्न माग गरेको छ ।
संघले प्रेस विज्ञप्ति जारी गर्दै सत्यतथ्य पत्ता लगाएर दोषीलाई कडा कारबाही गर्न माग गरेको हो । तथापि, कसलाई कुन रुपमा कार्यालय प्रवेश गराएर कुन कार्य गर्न लगाएको भन्ने बारेमा संघले कुनै जानकारी दिएको छैन । संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ
, ‘केही दिन अघि विभिन्न सञ्चार माध्यममा आएको समाचार नेप्सेको प्रमुख कार्यकारी अधिकृतले अनधिकृत व्यक्तिलाई कार्यालयमा प्रवेश गराइ दैनिक कार्य सञ्चालन गराउँदै आएको विषय प्रति नेप्से कर्मचारी संघको गम्भीर ध्यानाकर्षण भएको छ । यस घटनाको सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कडा कारबाहीको जोडदार माग गर्दछौं ।’
FACEBOOK COMMENTS