काठमाडौं । सेयर बजारमा ६.३८ अंकको गिरावट आएको छ । बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३८ अंकले घटेर २५७२.३४ बिन्दुमा बन्द भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ११.९६ अंकले बढेको थियो । त्यसअघिका दुई कारोबार दिन भने नेप्से लगातार दोहोरो अंकले घटेको थियो ।
आज नेप्सेमा कुल ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ३ अर्ब ७ करोड माथिको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये १०० कम्पनीको सेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।