काठमाडौं । शेयरबजार परिसूचक नेप्से २७ अंकले बढेर २७ सयको बिन्दुमा पुगेको छ ।
अरु कारोबार दिन निरन्तर घटेको नेप्से सूचक साताको अन्तिम कारोबार दिन बिहीबार भने २७.१९ अंकले बढ्दै २ हजार ७०८.७० बिन्दुमा उक्लिएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार रकम समेत बढेर ११ अर्ब ५८ करोड २८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो दिन सामान्य अंकले नेप्से घटेको बजारमा ७ अर्ब ४९ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
आज ट्रेडिङ समूह बाहेक अरु १२ वटा उपसूचक धनात्मक भएका छन् । निर्जीवन बीमा र अन्य समूहको उपसूचक समान १.९८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूहको उपसूचक १.६६ प्रतिशतले बढेको छ ।
यस्तै इन्भेष्टमेन्ट समूहको उपसूचक १.२३ प्रतिशतले बढ्दा जीवन बीमा समूहको उपसूचक १.११ प्रतिशतले बढेको छ । अरु समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन् । आज २०१ कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको मूल्य घटेको छ ।

FACEBOOK COMMENTS