काठमाडौं । साताको दोस्रो दिन आज सोमबार ३२ दशमलव ०५ अङ्कले वृद्धि भई नेप्से परिसूचक २ हजार ६०० अङ्क भन्दा माथि उक्लिएको छ ।
साताको पहिलो दिन आइतबारदेखि नै बढ्ने क्रम शुरु भएको नेप्से परिसूचक आज ३२ दशमलव ०५ अङ्कले बढेर २ हजार ६१६ दशमलव ९४ अंकमा पुगेको हो । आज शेयर कारोबार रकम पनि साढे चार अर्ब माथि पुगेको छ ।
साताको पहिलो दिन हिजो आइतबार सेयर बजार नेप्से परिसूचक ६० दशमलव ४१ अंकले बढेर २५८४ दशमलव ९१ विन्दूमा पुगेको थियो ।
यसदिन २३० कम्पनीको ८२ लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेसँग समूहगत परिसूचक पनि सकारात्मक भएका छन् । आज उत्पादनमूलक समूहबाहेकका समूहहरू सकारात्मक भएका छन् ।
सबैभन्दा बढी व्यापार समूह ७ प्रतिशतले वृद्धि हुँदा अन्य समूह ०.१७ प्रतिशतले मात्र वृद्धि भएको नेप्सेले जनाएको छ ।
FACEBOOK COMMENTS