काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । मंगलबार नेप्से ७.३९ अंकले बढेर २६१४.०७ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३१ कम्पनिका ८७ लाख ४२ हजार ८४ कित्ता शेयर ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ मा कारोबार भएको थियो । आज बैंकिङ, माइक्रो फाइनान्स, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिमस्टार उर्जाको शेयर ३.८८ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ३१ करोड ९२ लाख कारोबार भएको छ भने लक्ष्मी सनराइज बैंकको ११ करोड १४ लाखको कारोबार भएको छ ।
FACEBOOK COMMENTS