काठमाडाैँ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक २८.९१ अंकले घटेर २ हजार ६१२.२० विन्दुमा आइपुगेको छ ।अघिल्लो दोहोरो अंकले घटेको बजार यो दिन सुरुवातदेखि नै सकारात्मक देखिएको थियो । लगातार बजार घटेपछि लगानीकर्ताहरु सम्हालिएर लगानी गरिरहेका छन् । नेप्से सूचक बढे पनि कारोबार रकम भने बढ्न सकेको छैन ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३२८ कम्पनीको ८९ लाख कित्ता शेयर किनबेचहुँदा ४ अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा जानकी फाइनान्स रहेको छ भने दोस्रो ठुलो कारोबार हुने कम्पनीमा जोशी हाइड्रो पावर कम्पनी रहेको छ । त्यस्तै, मोलुङ हाइड्रो पावर, सर्पोट माइक्रोफाइनान्स,रिभरफल्स पावर कम्पनीको ९ करोड ५२ लाख रुपैयाँदेखि १८ करोड ८४ लाखरुपैयाँसम्मको सर्वाधिक कराोबार भएको छ । बढेको बजारमा सर्पोट फाइक्रोफाइनान्स, सुपरमादी हाइड्रो पावर, बाराही हाइड्रो पावरको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, बलफी हाइड्रो पावर, नेपाल हाइड्रो डेप्लोपर्सको शेयर मूल्य ९.८६ प्रतिशतदेखि ९.९३ प्रतिशतले बढेको छ ।
मानुषि लघुवित्त वित्तीय संस्था, कर्पोरेट डेभलपमेन्ट बैंक, पिपुल्स पावर,ग्लोबल आइएमई ब्यालेन्स फण्डको शेयर मूल्य १.९० प्रतिशतदेखि १० प्रतिशतसम्म घटेको छ ।
सोमबार म्यूचुअल फण्डबाहेक सबै समूहको सूचकबढेको छ । सर्वाधिक बढ्ने बैंकमा जलविद्युत समूहको सूचक २.६५ प्रतिशतदेखि उत्पादनमूलक समूहको सूचक २.४६ प्रतिशतसम्मले बढेको छ ।
FACEBOOK COMMENTS