काठमाडाैँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक १४.०९ अंकले घटेर २ हजार ७३३.९६ विन्दुमा आइपुगेको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिलाई कुनै पनि परिवर्तन नगरी जस्ताकोतस्तै सार्वजनिक गरेको थियो । यसको सिधा असर आजको शेयर बजारमा परेको कतिपय लगानीकर्ताहरु बताउँछन् । लगानीकर्ताहरुले जोखिमभार घटाउन र व्यक्तिगत तर्फको कर्जा सिमा हटाउनुपर्ने माग राख्दै आए पनि कुनै परिवर्तनहुँदा लगानीकर्तँ निराशा बनेका छन् । जसले आजको बजार घट्न पुगेको बताइन्छ ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१३ कम्पनीको१ करोड ६१ लाख कित्ता शेयर किनबेचहुँदा ६ ८ अर्ब ५२ करोड ९० लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुनेकम्पनीमा एक्सल डेभलपमेन्ट बैंक रहेको छ । बैंकको ३४ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट,नेपाल फाइनान्स,मितेरी डेभलपमेन्ट बैंक र न्यादी ग्रुप पावर कमपनीको २२ करोड ३३ लाख रुपैयाँदेखि २८ करोड ७८ लाख रुपैयाँसम्म कारोबार भएको छ ।
यो दिन पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा बेस्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,ग्रिन डेभलपमेन्ट,सप्तकोशी डेभलपमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो । त्यस्तै, एक्सल डेभलपमेन्ट,सर्पोट माइक्रोफाइनान्सको शेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ ।
उच्च अंकले घट्ने कम्पनीमा जानकी फाइनान्स रहेको छ । कम्पनीको. १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । त्यस्तै, नेपाल फाइनान्स,उपकार लघुवित्त वित्तीय संस्था, लाइफ इन्स्योरेन्स,मानुषी लघुवित्त वित्तीयसंस्थाको ४.१९ प्रतिशतदेखि ९.१५ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS