काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले वरिष्ठ सहायक, सहायक प्रथम र कनिष्ठ सहायक पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले सहायक श्रेणीको उक्त तीनवटै पदमा केही संख्यामा स्थायी पदपूर्ति गर्ने गरी कर्मचारी माग गरेको हो । वरिष्ठ सहायक र सहायक प्रथम पदमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तीर्ण भएको वा एसएलसीरसो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ५ वर्षको कार्यानुभव भएको हुनु पर्नेछ ।
कनिष्ठ सहायक पदका लागि भने एसएलसी वा सो सरहको परीक्षा उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा ६ महीनाको कार्यानुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
उमेर हदमा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको र महिलाको हकमा ४५ वर्ष ननाघेको हुनु पर्नेछ । योग्य तथा इच्छुक व्यक्तिले आगामी १५ दिनभित्र इमेल मार्फत आवेदन दिनु पर्नेछ ।
