काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौंको कलंकीमा आफ्नो २५ औं शाखा उद्घाटन गरेको छ ।
मञ्जुश्री फाइनान्सको संस्थापक अध्यक्ष दामोदर प्रसाद गौतम, संस्थाका अध्यक्ष इन्दिरा पण्डित घिमिरे र कामनपा वडा नं १४ का वडा अध्यक्ष शोभा सापकोटाले संयुक्त रुपमा एक समारोहका बीच उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।
२०७८ साल पुस मसान्तसम्म रु.१ अर्ब ३५ करोड चुक्ता पुँजी एवं रु ५० करोड डिबेन्चर जारी गरेको राष्ट्रिय स्तरको फाइनान्सले रु ११।६३ अर्व निक्षेप संकलन गरि रु ११।०२ अर्व कर्जा परिचालन गरेको छ ।
FACEBOOK COMMENTS