काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे विजयी भएका छन् ।
कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्वध्यक्ष समेत रहेका घिमिरेले नेकपा एमालेनिकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई पराजित गर्दै विजयी बनेका हुन् ।
उनीसहित सबै पदमा सत्तारुढ गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिका लागि चैत १९ गते निर्वाचन भएको थियो । उक्त निर्वाचनमा ७ हजार ४२९ मत खसेको थियो ।
FACEBOOK COMMENTS