काठमाडौँ । आजदेखि विक्रम संवत् २०८० साल सुरु भएको छ । आज नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते । आज नयाँ नयाँ वर्षको पहिलो दिन सबै नेपालीले शुभकामना आदानप्रदान गरी यो दिन निकै हर्षोल्लास साथ मनाइँछन् ।
यो दिन नेपालमा मात्रै नभएर विदेशमा समेत रहेका नेपाली भाषीहरुले मनाउने गर्दछन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिनको भएको यसका जानकारहरु बताउँछन् । वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको यसका जानकारुको भनाइ छ ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी अब विगतका असफलता दोहोरिन नदिने र सफलता प्राप्तका लागि नयाँ योजना बनाउने गर्छन ।
FACEBOOK COMMENTS