रूपन्देही । हायात प्लेस बुटवलले नेपाली नयाँ वर्ष २०८३ लाई ‘बुटवलकै सबैभन्दा ठूलो न्यू इयर्स इभ सेलिब्रेशन’को रुपमा भव्य आयोजना गरेको छ ।
चैत ३० गते का दिन खुल्ला आकाशमुनि होटेलको स्विमिङ पुल परिसरमा आयोजित यो उत्सवले बुटवललाई सांगीतिक र मनोरञ्जनात्मक गन्तव्यको रूपमा नयाँ उचाइमा पुर्यायो ।
‘एक रात, एक मञ्च, दुई आइकन’ (वन नाइट, वन स्टेज, टु आइकन) नारा दिइएको यस कार्यक्रममा २५० भन्दा बढी पाहुनाहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
खुल्ला आकाशमुनिको आकर्षक ‘पुलसाइड सेटअप’ र रङ्गीचङ्गी बत्तीहरूको सजावटले २०८२ साललाई बिदाई गर्न र २०८३ लाई स्वागत गर्न एक जादुयी माहोल सिर्जना गरेको थियो ।