काठमाडौं । ललितपुरमा नयाँ शोरुम स्थापना गर्दै कजारियाले आफ्नो उपस्थिति सुदृढ बनाएको छ । छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. ली. द्वारा सञ्चालन गरिएको उक्त शोरुमको औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
उद्घाटन समारोहमा मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपाल तथा कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर अभ्यास तिवारीकोे उपस्थिति रहेको थियो । रिबन काट्दै अभ्यास तिवारीले शोरुमको औपचारिक उद्घाटन गरे ।
सो अवसरमा कजारिया रमेश टायल्स लिमिटेडका कन्ट्री म्यानेजर, तिवारीले भने, “हामी छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. ली.सँगको सहकार्यमार्फत ललितपुरमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा अत्यन्त खुसी छौँ।
उच्च गुणस्तरका तथा डिजाइन–केन्द्रित स्थानहरूको माग बढ्दै गइरहेको अवस्थामा, यो शोरुम केवल विक्री केन्द्र मात्र नभई ग्राहकहरूले प्रेरणा, नवप्रवर्तन र उत्कृष्ट टायल समाधानहरू अनुभव गर्न सक्ने गन्तव्यका रूपमा परिकल्पना गरिएको छ।”
नयाँ शोरुममा सिरेमिक तथा भिट्रिफाइड टायल्सको विस्तृत संग्रह प्रस्तुत गरिएको छ । जसमा आधुनिक डिजाइन, आकर्षक फिनिस तथा उच्च प्रदर्शनयुक्त समाधानहरू समावेश छन् । आधुनिक वास्तुकला र आन्तरिक सजावटका आवश्यकताहरू अनुरूप शोरुम तयार गरिएको छ ।


