काठमाडौँ । जारी टी–२० विश्वकप क्रिकेटमा न्यूजील्याण्डले लगातार दोस्रो जित हात पारेको छ ।
मंगलबार चेन्नईको चेपक मैदानमा सम्पन्न समुह डी अन्तर्गतको खेलमा न्यूजील्याण्डले यूएईलाई १० विकेटले पराजित गरेको हो ।
यूएईले दिएको १७४ रनको लक्ष्य पछाएको न्यूजील्याण्डले १५.२ ओभरमै कुनै पनि विकेट नगुमाई पूरा गर्यो । ओपनर टिम सिफर्टले अविजित ८९ रन तथा फिन एलनले अविजित ८४ रनको उत्कृष्ट पारी खेलेका थिए ।
दुवैले १७५ रनको अविजित ओपनिङ साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । यो टी–२० विश्वकप इतिहासमा न्यूजील्याण्डका ओपनरहरूबीचको सबैभन्दा ठूलो साझेदारी हो । साथै यो पुरुष टी–२० विश्वकपमा कुनै पनि विकेटको लागि सबैभन्दा ठूलो साझेदारी हो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। कप्तान मुहम्मद वासिमले ६६ रनको योगदान दिए भने अलिशान शराफुले ५५ रन जोडेका थिए ।

न्यूजील्याण्डका बलरमध्ये म्याट हेन्रीले २ विकेट लिए । यस्तै, ज्याकब डफी, लोकी फग्र्युसन, मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले एक–एक विकेट हात पारेका थिए ।

अब युएईले अर्को खेल क्यानडाविरुद्ध आगामी शुक्रबार खेल्ने तालिका छ भने न्यूजील्याण्डले अर्को खेल शनिबार दक्षिण अफ्रिकाविरुद्ध खेल्ने छ ।

युएईले न्यूजील्याण्डलाई दियो १७४ रनको लक्ष्य
FACEBOOK COMMENTS