जनकपुरधाम । जितेन्द्र प्रसाद सोनार (सोनल) ले मधेश प्रदेशको मुख्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विहिबार मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।
सोनलसँगै जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र एकीकृत समाजवादी पार्टीका कनिष पटेलले मन्त्री पदको शपथ लिएका छन् । गठबन्धनमा जसपा नेपाललाई अर्थसहित चार मन्त्रालय, जनमतलाई भौतिक पूर्वाधार विकास मन्त्रालयसहित चार, लोसपा, माओवादी र नेकपा एकीकृत समाजवादीलाई २–२ मन्त्रालय दिइने सहमति भएको छ ।
सोनल पाँच दलको समर्थनमा बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए । सोनललाई लोससपासहित जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन गरेका छन् ।
FACEBOOK COMMENTS