काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब-भत्ता दिएको छ ।
बैंकले आर्थिक वर्ष २०७८/०७९ को लागि सीईओलाई उक्त रकम दिएको हो । बैंकले तलव बापत १ करोड ६० लाख ७६ हजार रुपैयाँ दिएको छ भने दशै भत्ता बापत २२ लाख २३ हजार रूपैयाँ र त्यस्तै संञ्चय कोष बापत १६ लाख ८ हजार रुपैयाँ खर्च गरेको छ ।
बैंकले तलवका साथै भत्ता बाहेक पानी विजुली , टेलिफोन महशुल, सवारी चालक, ईन्धन , तथा मर्मत सम्भार ऐन अनुसारको बोनस,औषधी उपचार, दुर्घटना बिमा लगायतसहितको सुविधा दिएको छ । त्यस्तै बैंकले कार्यकारी प्रमुखलाई ३ वटा सुरक्षा गार्ड समेत दिएको छ ।
FACEBOOK COMMENTS