एनआईसी एशिया बैंकको मूनाफा १५.६४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकको मूनाफा १५.६४ प्रतिशतले वृद्धि भएको हो ।
बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा १ अर्ब १८ करोाड ६ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब २ करोड १० लाख रुपैयाँमात्रै मूनाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४० प्रतिशत धेरैले बढेको छ । बैंकको आधार दर (बेस रेट) करिब १ प्रतिशतले बढेको छ भने निस्कृय कर्जा पनि थोरैले वृद्धि भएको छ ।
बैंकको प्रतिशेयर आम्दानी भने घटेर ४० दशमलव ८४ रुपैयाँमा झरेको छ ।
FACEBOOK COMMENTS