काठमाडौं । डा. निकोलस भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको म्याद थपिएको छ ।
जिल्ला अदालत काठमाडाैंले भुसालमाथि अनुसन्धान गर्न पाँच दिनको समय दिएको छ ।
सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएपछि प्रहरीको खोजीका रहेका भुसाललाई मंगलबार दिउँसो गोरखाको सदरमुकाम गोरखा नगरपालिका–८ रानीवनस्थित सरस्वती आश्रमबाट पक्राउ गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाले थप अनुसन्धानका लागि मंगलबार नै डा. भुसाललाई काठमाडौं ल्याएको थियो ।
FACEBOOK COMMENTS