काठमाडौं । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त भएका छन् । कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबारको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हालका उपाध्यक्ष डा. राजेन्द्र अधिकारीले गत कात्तिक २० गतेदेखि लागू हुनेगरी दिएको राजीनामा स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले निरौलालाई नियुक्त गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिए ।
FACEBOOK COMMENTS