काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई ४० लाख ११ हजार २०५ रुपैयाँ तलब भत्ता दिएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा सीईओलाई उक्त तलब भत्ता दिएको हाे। कम्पनीले सीईओलाई तलब बापत २० लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेको छ भने भत्ता बापत १६ लाख ९२ हजार भुक्तानी गरेकाे छ ।
त्यस्तै, बिदा बापत ५७ हजार २०५ रुपैयाँ, बीमा खर्च बापत १ लाख ७४ हजार रुपैयाँ भुक्तानी गरेको छ । यस बाहेक कम्पनीले सञ्चयकोष र बोनस ऐनअनुसारको बोनस सुविधा प्रदान गर्नुका साथै सवारी साधन, इन्धन, मोबाईल र पत्रपत्रीका खर्चको सुबिधा पनि दिएको छ ।
FACEBOOK COMMENTS