काठमाडौँ । फिल्म निर्माता, निर्देशक तथा कलाकार निश्चल बस्नेतले बालेन शाह र हर्क साम्पाङलाई एक ठाउमा आउन आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै निश्चलले देश र शहिद भाईबहिनीहरु सम्झेर दुवैजना एक ठाउमा आइदिन आग्रह गरेका हुन् ।
साथै निश्चलले सामाजिक सञ्जाल र मिडियामा बालेनको आलोचना भएको विषयमा पनि बालेनको समर्थन गर्दै बालेन आफु बद्नाम हुन तयार भएपनि देश बद्नाम हुने कुनैपनि तत्वसँग नमिल्ने दाबी गरेका छन् ।
उनले भनेका छन्- बालेन बिरुद्ध फैलाईएका नकारात्मक कुराहरु को प्रमाण माग्नुहोला हल्ला फैलाउनेहरुसँग । प्रमाण भए संगै जाउंला मुद्दा दर्ता गर्न । बालेन को देश प्रतिको माया उसको गीत शब्द फेसबुक स्ट्याटसमा मात्र नखोज्नुहोला । बालेन आफु बद्नाम हुन तयार छ तर देश बद्नाम हुने कुनैपनि तत्वसंग मिल्दैन । देशलाई माया गर्ने तपाई हामी बिचकै मान्छे हो बालेन । मेरो बिश्वास हो बालेन ।
प्रिय हर्क सर, तपाईको लागी भोट माग्ने म पनि एक हुं । तपाईलाई माया गर्ने म पनि एक हुं । देशमा जेनजीले ल्याएको परिवर्तन तपाईजस्तो देशभक्त जनसेवकले सरकार चलाउनु हुन्छ र आउने पुस्तालाई देशको फेरिएको स्वरुप देखाउनुहुन्छ भनेर हो । बिन्ति गर्छु देश र शहिद भाईबहिनीहरु सम्झेर दुवैजना एक ठाउमा आईदिनुस । अरुको कुरा सुनेर आवेग हैन, एक अर्काको कुरा सुनेर योजना बुन्नुस सुन्दर शान्त नेपालको ।
FACEBOOK COMMENTS