काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो ।
एमालेले विद्या भट्टराईलाई उपसभामुखको उम्मेदवार बनाएको थियो । भट्टराई ९३ मत ल्याएर पराजित भईन् । उनलाई एमालेबाहेक राप्रपाले समर्थन गरेको थियो ।
२०७६ माघ ६ गते उपसभामुखबाट डा। शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि अहिलेसम्म उक्त पद खाली थियो ।
FACEBOOK COMMENTS