काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)का अध्यक्ष पृथ्वीबहादुर पाँडेले दोस्रो चरणको मर्जरपछि वाणिज्य बैंकहरुको संख्या ७ वटामा झर्ने बताएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैक र मेगा बैंकको एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बैंक अध्यक्ष पाँडेले नेपालको अर्थतन्त्रको आकारले धेरै बैंक धान्न नसक्ने र निकट भविस्यमा मर्जरको नयाँ लहर आउने भएकाले अहिले बैंकहरुमा भैइरहेको मर्जर पहिलो चरणको मर्जर रहेको भन्दै उनले दोस्रो चरणको मर्जरपछि वाणिज्य बैंकहरुको संख्या ७/ ८ वटामा झर्ने बताएका हुन्।
पाँण्डेले अहिलेको अवस्थामा बैकहरूको नाफा १० प्रतिशतभन्दा कम छ ।” सञ्चार माध्यमहरुले पनि बैंकहरुको वास्तविक नाफाहरुको समाचार नबनाएको बताएका छन् ।
अध्यक्ष पाँडेले मेगा बैंक साना तथा माझौला (एसएमई) व्यवसायमा केन्द्रीत रहेको र नेपाल इन्भेष्टमेन्ट बैंक कर्पोरेट फोकस बैंक रहेकाले दुई बैंकको मर्जर सिनर्जीले बैकिङमा नयाँ आयाम आउने दाबी गर्नुका साथै , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्चेन्ट बैंकिङमा पहिलो बनाउने लक्ष्य लिएको उनले जिकिर गरे ।
अध्यक्ष पाँडेले इन्भेष्टमेन्ट बैंकसँग ३६ वर्ष र मेगाबेंकसँग १२ वर्षको अनुभव रहेको जनाएका छन् ।
FACEBOOK COMMENTS