बुटवल । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित तिलोत्तमा पार्कमा वृक्षारोपण गरेको छ ।
पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिची, कटहरलगायत करिब दुई सय वटा फलफूलका विरुवा रोपिएको हो ।
एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपरे वृक्षारोपण कार्यक्रमको सुरूवात गरेका थिए । उनले एनएमबि बैंक दिगो विकास अन्तरर्गत वातावरणमैत्री र पर्यावरण संरक्षणका लागि प्राथमिकता राखेर काम गरिरहेको बताए ।
जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा वृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु निरन्तर गरिरहेको बताए । उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात् वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिनेगरी एनएमबि बैंकका सम्पूर्ण बैंकिङ्ग कारोबार तथा कर्जा लगानीहरू गरेको बताउँदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाइ एनएमबि बैंकले आत्मसात गरेको उल्लेख्य गरे ।
तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छनौट गरि वृक्षारोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गगरे ।
तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाइ उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफुहरु लागेको जानकारी दिए ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
FACEBOOK COMMENTS