काठमाडौं । एनएमबि बैंकले २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ कमाएको छ । चालु आव २०७९ ८० को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै यस्तो विवरण सार्वजनिक गरेको हो । गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६६ करोड नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी ४६.४७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी २६.८२ प्रतिशत बढेको छ । निष्क्रिय कर्जा १.४६ प्रतिशतबाट बढेर २.९६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब १८ करोड पुगेको छ । बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख छ।
बैंकको प्रतिशेयर आम्दानी १२ पैसा बढेर १९ रुपैयाँ ४७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १२।०७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २ पैसा रहेको रहेको बैंकको रिपोर्टमा उल्लेख छ । अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८८ लाख रुपैयाँ रहेको छ।
चुक्ता पूँजी १८ अर्ब ३६ करोड रहेको छ यस बैंकको जगेडा कोषमा ९ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ६.९९ प्रतिशत बढेको छ भने कर्जा ६.१९ प्रतिशत बढेको छ।
FACEBOOK COMMENTS