काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ।
देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै नयाँ बचत योजना ल्याएको बैंकले जनाएको छ।
बैंकले कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेश प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता सुरु गरेको हो।
डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्न यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएका बैंकले जनाएको छ।
ग्राहकहरूले पहिलो वर्षका लागि नि:शुल्क मोबाइल बैंकिङ, नि:शुल्क इन्टरनेट बैंकिङ र नि:शुल्क भिसा डेबिट कार्डका साथै पहिलो वर्षका लागि नि:शुल्क डिम्याट र मेरोसेयर खाता दर्ता सुविधासहित अन्य थप सुविधाहरू प्राप्त गर्नेछन्।