काठमाडौं । काठमाडौंको थापाथलीमा अवस्थित नर्भिक इन्टरनेशनल हस्पिटल ‘बेष्ट हस्पिटल अफ द इयर’ बनेको छ भने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजय कुमार मिश्रले ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्राप्त गरेका छन् ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ अन्तर्गत ‘बेष्ट हस्पिटल अफ द इयर’ अवार्ड प्रदान गरेको हो ।
वि.स. २०२४ साल भदौ १२ गते सर्लाहीको बलारा–१ मा जन्मिएका मिश्र लामो समय नेपालको बैंक तथा वित्तीय र आम सञ्चारको क्षेत्रमा काम गरी अहिले नर्भिकको सीईओ बनेका हुन् । माछापुच्छ्रेसहित बैंक तथा वित्तीय क्षेत्रमा १६ वर्ष बिताएका उनले १३ वर्ष जीएम, डेपुटी सीईओ, सीईओ र बोर्ड अफ डिरेक्टर भएर काम गरे ।
त्यस अवधिमा उनले विभिन्न वर्गका ६ वटा वित्तीय संस्थाहरूको मर्ज तथा एक्विजिसनमा समन्वयकारी भूमिका निर्वाह गरेका थिए । यस्तै, उनले सरकारी निकाय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था यूएनडीपी र प्लान इन्टरनेशनल तथा नेपाली टेलिभिजन (एभिन्यूज र एनटीभी) मा ५/५ वर्ष काम गरेका छन् । यसका अलावा सीईओ मिश्र विकास आयोजना र शैक्षिक क्षेत्रमा पनि क्रियाशील छन् ।
काठमाडौं विश्वविद्यलयबाट मानव शंसाधन व्यवस्थापनमा एमबीए गरेका मिश्र जेनरल म्यानेजमेन्टमा पीएचडी गरिरहेका छन् । बैंक तथा वित्तीय क्षेत्र व्यवस्थापन, जोखिम व्यवस्थापन र नेतृत्व विकाससम्बन्धी एक दर्जन भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्टिय सेमिनार र ट्रेनिङमा सहभागी भएका उनी सोधकर्ता एवम् प्रस्तुतकर्ता पनि हुन् ।
उनले हालसम्म भारत, पाकिस्तान, श्रीलंका, थाइल्याण्ड, मलेसिया, सिंगापुर, मौरीसस, दुवई, कतार, जर्मनी, फ्रान्स, स्वीट्जरल्याण्ड, बेल्जियम, नेदरल्याण्ड्स, साउथ अफ्रिका, यूएसए र जापानको भ्रमण गरेका छन् ।
FACEBOOK COMMENTS