काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा १४ खेलाडी थपिएको छ ।
यसअघि १५० खेलाडीको अक्सन हुने भनिएको भएपनि क्यानले १४ खेलाडी थपेर १६४ खेलाडीको अक्सन हुने जानकारी दिएको हो ।
क्यानले क्याटोगरि ए मा एक जना, बी मा ४ जना र सी मा ९ जना खेलाडी थपिएको जानकारी दिएको छ ।
केहि बेरअघि शुरु भएको एनपीएलको मिनी अक्सनमा कुल १६४ खेलाडी प्रस्तुत हुने भएका छन् ।
जस अनुसार क्याटोगरि ए मा ९ जना, समुह बी मा ३७ र समुह सी मा ११८ खेलाडी रहेका छन् ।
आजको अक्सनमा एनपीएलका आठ फ्रेन्चाइजीले ३७ खेलाडी किन्ने छन् ।
FACEBOOK COMMENTS