काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएको हो । लुम्बिनीका लागि डिआर्ची शर्टले सर्बाधिक ४५ रन बनाए भने कप्तान रोहित पौडेलले ३४, निरोशान डिकवेलाले २९ रन बनाएका थिए । त्यस्तै रुबेन ट्रम्पेलम्यानले ११ रन बनाएका थिए ।
त्यस्तै विराटनगरका बलर सुबाश भण्डारी र प्रतिस जिसीले ३–३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिएका थिए ।
FACEBOOK COMMENTS