काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल को दोस्रो संस्करणको आयोजना मिति तय गरिएको छ ।
नेपाल क्रिकेट संघ क्यान ले एनपीएलको दोस्रो संस्करण आगामी मङ्सिर १ गतेदेखि २७ गते नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म काठमाडौँमा आयोजना हुने जानकारी दिएको छ ।
क्यानले दोस्रो संस्करणको लागि मिनी अक्सन पनि साउन २४ गते सम्पन्न गरिसको छ ।
एनपीएलमा चितवन राइनोज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स, काठमाडौँ गोर्खाज, जनकपुर बोल्ट्स , कर्णाली याक्स र पोखरा एभेन्जर्स गरि आठ फ्रेन्चाइजीले खेल्दैछन् ।
FACEBOOK COMMENTS