काठमाडौँ । आज नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.२२ अंकले घटेर २७५७.९७ विन्दुमा पुगेको हो ।
आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका एक करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर ५ अर्ब २ करोड १ लाख ४ हजार ८१६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज विकास हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने सामुदायिक लघुवित्तको शेयर ५.३७ प्रतिशतले बढेको छ ।
त्यस्तै आज जनउत्थान सम्युदायिक लघुवित्तको शेयर सबैभन्दा बढी ४.६५ प्रतिशतले घटेको छ ।
आज सबै भन्दा बढी कारोबार हिमालयन रिइन्सुरेन्सको २४ करोड ९ लाख र नेपाल रिइन्सुरेन्सको २० करोड ९ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।

भट्टराईलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रास्वपा रवि लामिछानेलाई नख्खु कारागारमा भेट्न गएको प्रसंग उल्लेख गर्दै आफ्नै सरकार हुदा संसदीय समिति गठन गरेर दोषी करार गरेको व्यक्तिलाई अहिले कारागारमा भेट्न गएर द्वैध चरित्र देखाएको आरोप लगाए ।
