काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्ताली प्रणालीमा नयाँ पाँच व्यवस्था थप गरेको छ ।
राष्ट्र बैंकले बिहीबार भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले क्युआर लगायतका विद्युतीय माध्यम (कार्ड बाहेक) विदेशी मुद्रामा हुने अन्तरदेशीय रिटेल पेमेन्ट अन्तर्गतको मर्चेन्ट पेमेन्टको अक्वायरिङ तथा इशुइङ कारोबार गर्दा राष्ट्रिय भुक्तानी स्वीच पूर्ण रुपमा सञ्चालनमा नआएसम्म रिटेल पेमेन्ट स्वीच मार्फत हुने गरी नयाँ व्यवस्था थप गरेको हो ।
राष्ट्र बैंकले नेसनल पेमेन्ट स्विच पूर्णरुपमा सञ्चालनमा नआएसम्म सटही सुविधा, रेमिट्यान्स, विदेशमा गरिने भुक्तानीलगायत काम रिटेल पेमेन्ट स्विच ९आरपीएस० मार्फत् यी काम गर्न सकिने व्यवस्था गरेको हो ।
केन्द्रीय बैंकले नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलेको खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत् गर्न सकिने व्यवस्था गरेको छ ।



