काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुले गर्नुपर्ने कर्जा नोक्सानी व्यवस्था घटाएको छ ।
आज चालु आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट यस्तो व्यवस्था घटाएको हो ।
हाल असल कर्जाको १.१० प्रतिशतको कर्जा नोक्सानी व्यवस्थालाई १ प्रतिशत कायम गर्ने मौद्रिक नीति समीक्षामा उल्लेख छ ।
यस्तै बैंकहरुले अब नन्डेलिभरेबल फरवार्डमा हुने लगानीको सिमा बढेको छ । ‘नन्डेलिभरेबल फरवार्डको हकमा प्राथमिक पुँजीको विद्यमान १५ प्रतिशतको सीमालाई वृद्धि गरी २० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा उल्लेख छ छ ।
FACEBOOK COMMENTS