काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२-८३ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ ।
केन्द्रिय बैंकले आज सुझाव मागको हो । राष्ट्र बैंकका अनुसार सुझाव असार १० भित्र बुझाउनु पर्ने छ । मौद्रिक नीति तर्जुमाका लागि राय र सुझाव आर्थिक अनुसन्धान विभागमा पठाउन आग्रह गरिएको छ ।
राष्ट्र बैंकले हरेक वर्षको बजेट पछि मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । राष्ट्र बैंकले साउनको पहिलो हप्तासम्म मौद्रिक नीति सार्वजनिक गरिसक्नु पर्ने व्यवस्था रहेको छ ।
FACEBOOK COMMENTS