काठमाडौं, ९ भदौ । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले लिने सेवा शुल्क निर्धारण गरेको छ ।
राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै शुल्क निर्धारण गरेको हो । राष्ट्र बैंकका अनुसार कर्जा प्रवाह गर्दा संस्थाले स्वीकृत कर्जामा वार्षिक १.५० प्रतिशत सम्म सेवा शुल्क लिन सक्नेछन् । एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् ।
तर, थोक कर्जा प्रवाह गर्ने संस्थाले लघुवित्त वित्तीय संस्थाहरुलाई प्रवाह गर्ने कर्जामा वार्षिक ०.५० प्रतिशतभन्दा बढी सेवा शुल्क लिन पाइने छैन ।
FACEBOOK COMMENTS