काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ ।
दुई नेताबीच ललितपुरमा भेट हुने बताइएको छ । दाहालका अनुसार ओली र प्रचण्डबीच आसन्न राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल हुन लागेको हो ।
जेन–जी आन्दोलनपछि ओली र प्रचण्ड वान टु वान भेटवार्ता भएको थिएन । यसअघि प्रधानमन्त्री सुशीला कार्कीले सामूहिक रूपमा भेटवार्ता गर्दा भने दुई नेतासँगै उपस्थित थिए ।
एमाले सचिव महेश बस्नेतले ओली र प्रचण्ड भेटका लागि केही दिनदेखि पहल गरिरहेका थिए । प्रचण्ड आजै भारत भ्रमणमा जाँदै छन् । भारत भ्रमणमा जानुअघि दुई नेताबीच भेटवार्ता हुन लागेको हो ।
FACEBOOK COMMENTS