काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आजै राष्ट्रपति कार्यालय शीतल निवासमा जाने भएका छन् ।
एमालेका एक नेताका अनुसार आजै राति करिब ९ बजेको समयमा राष्ट्रपति कार्यालय शीतल निवास सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गर्न जाने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिएका छन् ।
संविधानको धारा ७६ ९२० अनुरुप दाबी पेशका लागि राष्ट्रपतिले आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दुई दलले दाबी पेश गर्न लागेका हुन् ।
FACEBOOK COMMENTS