काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको छ । उनीहरूलाई प्रहरीले भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराएको हो ।
दुवै जनालाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासमा म्याद थपबारे बहस भइरहेको छ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शन दमन गरेको कसुरमा उनीहरूलाई प्रहरीले चैत १४ मा पक्राउ गरेको थियो ।
ओली र लेखकलाई थुनामा राख्न दोस्रोपटक म्याद थप्ने तयारी

FACEBOOK COMMENTS