काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनताको नभई व्यक्तिगत हितको लागि काम गरिरहेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजना गरेको एक साक्षात्कार कार्यक्रममा उनले अहिले देश निकै जटिल अवस्थामामा पुग्दा वर्तमान सरकारले व्यक्तिगत हितको लागि काम गरेको बताएका हुन् ।
सरकारको क्रियाकपालकै कारण मुलुकको राजनीति छताछुल्ल, भताभुंग भएको र अविश्वासको चक्र बढ्दै गएको ओलीको टिप्पणी छ ।
नेपालमा हुने चुनावमा कसलाई जिताउने वा हराउने भन्ने खेल बाहिरबाट हुने गरेको भन्दै उनले मुलुकको सार्वभौमसत्ता कमजोर बनेको जिकिर गरे ।
ओलीले निकट भविष्यमा प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जान लागेको भन्दै भौगोलिक अखण्डता र सीमा अतिक्रमणको विषयमा बोल्न सुझाव दिएका छन् ।
संक्रमणकालीन न्यायसम्बन्धी कानूनलाई छलफलबाटै टुंग्याउनुपर्नेमा जोड दिँदै उनले बहुमतका आधारमा अघि बढाउन खोजे एमालेले विरोध गर्ने चेतावनी दिए ।
FACEBOOK COMMENTS