काठमाडौँ । ओमानको मसन्दाम तट नजिकै एक तेल बोक्ने जहाजमाथि आक्रमण भएको छ । आइतबार ओमानको समुद्री सुरक्षा केन्द्रले दिएको जानकारीअनुसार तटबाट करिब पाँच नौटिकल माइल दूरीमा उक्त घटना भएको हो ।
आक्रमणमा परी चार जना घाइते भएका छन् भने जहाजमा रहेका २० जना चालक दलका सबै सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको जनाइएको छ। ’स्काइलाइट’ नाम रहेको उक्त जहाज प्रशान्त महासागरस्थित सानो द्वीपीय राष्ट्र पलाउको झण्डा अन्तर्गत सञ्चालनमा रहेको थियो ।
समुद्री सुरक्षा केन्द्रका अनुसार घाइते तथा चालक दलको उद्धार ओमानको नौसेना र सैनिक टोलीले संयुक्त रूपमा गरेको हो । यस घटनाले समुद्री आपत्कालीन अवस्थासँग जुध्न देश तयार रहेको सन्देश दिएको पनि केन्द्रले जनाएको छ ।
हालै इरान र अमेरिकाबीच नयाँ आणविक सम्झौताका विषयमा भएको वार्तामा ओमानले मध्यस्थकर्ताको महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अवस्थामा यो घटना सार्वजनिक भएको हो ।
खाडीमा तनाव: सरकारले बनायो परराष्ट्र सचिव राईको नेतृतवमा उद्धार समिति

खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित

FACEBOOK COMMENTS