काठमाडौं । राजनीतिक दलप्रति झुकाव देखाउने मन्त्रीहरुलाई गृहमन्त्री ओमप्रकाश अर्यालले चेतावनी दिएका छन् ।
उनले नागरिक सरकारका मन्त्रीहरुलाई कुनै दलतिर ढल्कने छुट नभएको बताएका हुन् ।
एक कार्यक्रममा बोल्दै मन्त्री अर्यालले जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारको म्यान्डेट स्मरण गराएका थिए ।
तोकिएको मितिमा निर्वाचन नभएमा देशले संकट सामना गर्नुपर्ने अवस्था आउनसक्ने बताउँदै मन्त्री अर्यालले सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्ने र सरकारले गरिरहेका काम सम्बन्धमा हौसला प्रदान गरी सरकारको मनोबल बढाइदिन पनि सम्बन्धित सबैपक्षलाई आग्रह गरेका छन् ।





FACEBOOK COMMENTS