काठमाडौं । विश्वव्यापी स्मार्टफोन ब्रान्ड ओप्पोले आगामी नेपाली नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै “ओप्पो नयाँ वर्ष, नयाँ उमङ्ग” नामक विशेष उपहार योजना सार्वजनिक गरेको छ ।
“ओप्पो हातमा, रोयल इन्फिल्ड हन्टर साथमा” भन्ने नाराका साथ सुरु गरिएको यो अभियान चैत १५, २०८२ देखि वैशाख १२, २०८२ (अप्रिल १२, २०२६) सम्म चार हप्तासम्म चल्नेछ।
यस अभियानको मुख्य उद्देश्य ग्राहकहरूले ब्रान्डप्रति देखाएको निरन्तर विश्वास र समर्थनप्रति आभार व्यक्त गर्दै चाडपर्वको उत्साहलाई थप बढाउनु रहेको कम्पनीले जनाएको छ ।
यस अभियान अन्तर्गत ओप्पोका स्मार्टफोन खरिद गर्ने ग्राहकहरूले साप्ताहिक लक्की ड्र र एक बम्पर पुरस्कार जित्ने सुनौलो अवसर पाउनेछन् । प्रत्येक हप्ता एक जना भाग्यशाली विजेताले ओप्पो ब्६ स्मार्टफोन उपहारस्वरूप प्राप्त गर्नेछन् ।
साप्ताहिक लक्की ड्र हरू चैत ८, चैत १५, चैत २२ र चैत २९ गतेका दिन ओप्पोको आधिकारिक सामाजिक सञ्जालमार्फत भिडियो चिठ्ठा प्रणालीद्वारा पारदर्शी रूपमा सञ्चालन गरिनेछ ।

अभियानको अन्त्यमा आयोजना गरिने विशेष बम्पर ड्र मार्फत एक जना भाग्यशाली ग्राहकले रोयल इन्फिल्ड हन्टर ३५० (रोयल एनफिल्ड हन्टर ३५०) मोटरसाइकल पुरस्कार पाउनेछन् । बम्पर ड्र को घोषणा चैत ३० गते नयाँ वर्षको पूर्वसन्ध्यामा गरिनेछ ।

ओप्पो नेपालका अनुसार नयाँ वर्ष नवीनता र उत्सवको प्रतीक भएकोले यस अभियानमार्फत ग्राहकहरूसँग खुसी साटासाट गर्न र अविस्मरणीय अनुभव सिर्जना गर्न खोजिएको हो ।