काठमाडौँ । पाकिस्तानको बलुचिस्तान प्रान्तको क्वेटामा भएको विस्फोटमा ९ जनाको मृत्यु भएको छ भने धेरै जना घाइते भएका छन् ।
प्रान्तीय स्वास्थ्य मन्त्रीले दिएको जानकारी अनुसार विस्फोटमा कम्तिमा नौ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । क्वेटामा अर्धसैनिक फ्रन्टियर कोप्र्सको मुख्यालय नजिकै विस्फोट भएको छ ।
मृत्यु हुने र घाइते हुनेमा सुरक्षाकर्मी पनि छन् । विस्फोटपछि शहरको मोडेल टाउन क्षेत्रबाट धुवाँ उडिरहेको देखिएको थियो र गोली चलेको सुनिएको थियो ।
स्थानीय प्रशासनले क्वेटाका अस्पतालहरूमा आपतकालीन अवस्था घोषणा गरेको छ र सबै कर्मचारीहरूलाई भित्रै बस्न निर्देशन दिएको छ ।
FACEBOOK COMMENTS