काठमाडौं । अखिल क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहसहित ६ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
१५ वर्षअघि युवकको हत्या अभियोगमा उनी विरुद्ध जिल्ला अदालत सुर्खेतले पक्राउ गर्न अनुमति दिएको बताइएको छ ।
कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न भएको अभियोगमा उनीहरूलाई पक्राउ गर्न अदालतले अनुमति दिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कृष्णबहादुर खड्काका अनुसार अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
सुर्खेतको जनमाविमा अध्ययनरत कालिकोटका राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएका थिए । यस्तै मृतकका बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।
FACEBOOK COMMENTS